११ कार्तिक २०८३, बुधबार

प्रेस चौतारीको टेलिभिजन शाखामा सापकोटा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deviprasad-sapkota-e1444640443981काठमाडौँ, २५ असोज । प्रेस चौतारी नेपालको नेपाल टेलिभिजन शाखाको आज सम्पन्न भेलाले देवीप्रसाद सापकोटाको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

समितिको सचिवमा अनन्त चालिसे र सदस्यमा भोजराज विश्वकर्मा, विवेक तिमिल्सेना, विष्णुभक्त महर्जन तथा लक्ष्मीप्रसाद भट्टराई चयन हुनुभएको छ । बाँकी एक सदस्यको चयन पछि गरिने भएको छ ।

कमिटीका सल्लाहकारमा टङ्क उप्रेती, नरबहादुर श्रेष्ठ, शम्भु अधिकारी, रामबाबु अधिकारी र वसन्त रुपाखेती हुनुहुन्छ ।

चौतारीका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालले नवनिर्वाचित कमिटीलाई बधाई दिँदै नेपाल टेलिभिजनलाई राष्ट्रको सञ्चारमाध्यमका रुपमा थप अघि बढाउन कमिटीले उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । रासस