धनगढी, २५ असोज । ६० औ प्रहरी दिवसका अवसरमा सोमबार धनगढीका तीन वटा मन्दिर परिसरमा सरसफाई गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीले संयुक्त रुपमा यहाँका तीन वटा मन्दिर परिसरमा सरसफाई गरेको वडा प्रहरी कार्यालय धनगढीका इञ्चार्ज प्रहरी निरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।
उनका अनुसार धनगढीको पशुपति टोलस्थित पशुपति नाथ मन्दिर, नैनादेवी टोलस्थित नैनादेवी भगवती मन्दिर र धनगढी गाउँस्थित नवदुर्गा मन्दिर परिसरमा सरसफाई गरिएको हो ।
सरसफाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्ट, प्रहरी नायव उपरीक्षक विश्वराज खड्का, प्रहरी निरीक्षक भट्टसहित प्रहरीहरूको सहभागिता रहेको थियो । विहान ७ बजेनै प्रहरी अधिकृतसहतिको टोली हातमा झाडो लिएर मन्दिर पुगेका थिए ।
प्रहरी उपरीक्षक विष्टले दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरिने बताए । सरसफाईं, रक्तदान, अन्तक्र्रिया लगायतक विविध कार्यक्रम गरिने उनले जनाए ।





















प्रतिक्रिया