११ कार्तिक २०८३, बुधबार

राप्रपा नेपालका महामन्त्री गुरुङको अन्त्येष्टि मङ्गलबार हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chandra-gurungकाठमाडौँ, २५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)का महामन्त्री चन्द्रबहादुर गुरुङको मङ्गलबार अन्त्येष्टि गरिने भएको छ ।

पार्टीका संस्थापक नेता, महामन्त्री, पूर्व संसदीय दलका नेता गुरुङको यही असोज १६ गते राति उपचारका क्रममा अमेरिकाको कोलोराडोमा निधन भएको थियो । उहाँको शव मङ्गलबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

विदेशबाट उहाँको शव नेपाल ल्याउन लामो प्रक्रिया पूरा गर्नु परेकाले अन्त्येष्टिमा ढिलाइ हुन पुगेको पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुरुङको शवलाई धुमवाराहीस्थित पार्टी कार्यालयमा शवयात्रा गरी पु¥याइने र करिब तीन घन्टा सर्वसाधारणको श्रद्धाञ्जलिका लागि राखिने भएको छ ।

अन्त्येष्टि वैदिक परम्पराअनुसार पशुपति आर्यघाटमा गर्ने निर्णय पार्टीले यसअघि गरिसकेको छ । अन्त्येष्टिको व्यवस्थापनका लागि उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा समितिसमेत गठन गरिएको थियो ।

सहायक महामन्त्री श्रेष्ठले उहाँको दुःखद निधनबाट राष्ट्रले एक राष्ट्रवादी, जनमुखी नेता र कुशल सङ्गठक गुमाएको बताउनुभयो । रासस