११ कार्तिक २०८३, बुधबार

गस्ती प्रभावकारी बनाउन प्रहरीलाई साइकल सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Exif_JPEG_420

अत्तरिया, २५ असोज । शान्ति सुरक्षाको लागि प्रहरी गस्ती बढाउन इलाका प्रहरी कार्यालय अत्तरियालाई साइकल हस्तान्तरण गरिएको छ ।

गृह मन्त्रालयल र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूनडिपीको सहकार्यमा संचालित शसस्त्र हिंसा न्यूनिकरण तथा सामुदायिक सुरक्षा सबलिकरण परियोजनामार्फत प्रहरीलाई ६ थान साइकल हस्तान्तरण गरिएको हो । परियोजना मार्फत गठन भएको सामुदायिक सुरक्षा समितिले सो क्षेत्रको सुरक्षाका सवालमा गरेको छलफलमा प्रहरी गस्ती वढाउनु पर्ने निश्कर्ष निकाले अनुसार सो कार्यमा सघाउन अत्तरिया नगरपालिका र शसस्त्र हिंसा न्यूनिकरण परियोजनाले साइकल सहयोग गरेको हो ।

सामुदायिक सुरक्षा समितिको वैठकमा अत्तरिया नगरपालिकाका प्रमुख खेमराज जोशीले इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कुलदिप चन्दलाई साइकल हस्तान्तरण गर्नु भएको हो । प्रहरीको गस्ती विभिन्न वस्तीहरु सम्म वढाउनको लागि साइकल निकै सहयोगी हुने प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।

प्राप्त भएका साइकल मालाखेती, गोदावरी, बेलादेवीपुर र श्रीपुरका अस्थाइप्रहरी चौकीमा प्रयोग गरिने वहाले जानकारी दिनुभयो । सामुदायिक सुरक्षा समितिले आउदो चाडपर्व ल्याइमा राखि मदिरा नियन्त्रण, जुवातास नियन्त्रणका लागि रचनात्मक कार्य गर्ने निर्णय गरेको छ ।