३० आश्विन २०८३, शुक्रबार

अस्पताल आक्रमणमा मारिएकालाई अमेरिकाले क्षतिपूर्ति दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

obamaवासिङ्गटन २४ असोज । गत हप्ता अफगानिस्तानको कुन्दुज प्रान्तमा अवस्थित एक अस्पतालमा भएको हवाई आक्रमणमा परी ज्यान गुमाउने व्यक्तिका परिवारजन र घाइतेहरुलाई अमेरिकाले समवेदना स्वरुप क्षतिपूति समेत दिइने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले शनिबार जानकारी दिएको छ ।

गत अक्टोबर ३ का दिनमा अमेरिकासँग आवद्ध सो हवाई आक्रमण विश्व प्रसिद्ध स्वास्थ्य संस्था डाक्टरर्स विदाउट बोर्डर्सको भगिनी संगठन ‘मेडिकल एड एजेन्सी मेडिसाँ साँ फ्रन्टियर्स् (एमएसएफ)’ द्वारा अफगानिस्तानको कुन्दुज प्रान्तमा सञ्चालन हुँदैे आएको एक अस्पतालमा परेको थियोे ।

यस आक्रमणमा परी अस्पतालमा कार्यरत १२ कर्मचारी र १० बिरामी समेत २२ जनाको मृत्यु भएको थियो । ती मध्ये तीन बालबालिका समेत रहेका थिए । आक्रमणमा परी अन्य करिब ४० जना अन्य व्यक्ति पनि घाइते भएका थिए ।

सो आक्रमण भूलबस भएको भनी अफगानिस्तानका लागि अमेरिकी सुरक्षाबलका कमाण्डर जोन क्याम्पवेलले स्विकार गर्नु भएको छ । यद्यपि यस आक्रमणको अफगान सरकार र. नेटोले अनुसन्धान सुरु गरेको बताइएको छ । रासस/सिन्ह्वा