
– राजकुमार ओली
विर्तामोड २४ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालको ३८औं प्रधानमन्त्री बनेपछि भएपछि झापा विद्रोहका सहयात्री योद्धाहरुले प्रंशसा गरेका छन् ।
उनीहरुले ओलीको राष्ट्रियताप्रतिको अडानमा सलाम समेत गरेका छन् । कडा मिजास र बोलेको पुरा गरेरै छोड्ने तथा अडानलाई नडगमगाइ कनै लैजाने ओलीको बानी ले प्रधानमन्त्री जस्तो सफलता मिलेको झापा विद्रोहका समकक्षी हर्क खड्काले बताए ।
तत्कालिन अवस्थामा आफू झापा विद्रोहको सैन्य कमाण्डर तथा सिपी मैनाली सचिव भएको र विवादको बावजुद केपी ओलीलाई आफूले सचिवको प्रस्ताव गरेपछि बररररर ताली आएपछि सचिव भएको स्मरण गर्दै अब ओलीको स्पष्ट अडान राष्ट्रियताको कारणले देशले कोल्टे फेर्ने बताए ।
तत्कालिन अवस्थामा केपी ओली प्रति आफनो तिक्तता रहेपनि सविधान बनाउने यो अवस्थामा केपी जी को यो अडान क्षमताले आफूले विगतमा रहेको तिक्तता समेत विर्सिएको एमाओवादी केन्द्रिय सल्लाहाकार समेत रहिसकेका खडकाको धारणा छ ।
अव झापा विद्रोहका शहिदका सपना पुरा हुनेः शहिद पत्नी जानुका दाहाल
आइतवार झापा विद्रोहले पहिलो पल्ट प्रधानमन्त्री पाएसँगै अब आफनो श्रीमानको रगतले शान्ति पाएको झापाली योद्धा रामनाथ दाहालको श्रीमती जानुका दाहालले बताईन् ।

अब केपी अोली प्रधानमन्त्री भएपछि, बनेको सविधान कार्यावयन गर्न बाँकी रहेको त्यो पनि ओलीले पुरा गरेर छोड्ने विश्वास आफूमा रहेको उनको भनाई छ । आफ्नो श्रीमान लगायतका झापाली योद्धाहरुको रगतको अब मात्रै सपना साकार हुन लागेको दाहालले दृढता व्यक्त गरिन् ।
अब झापाली जनताले पहिलोपल्ट प्रधानमन्त्री पाएकाले सबै झापालीहरु हौसिएका छन् ।















प्रतिक्रिया