११ कार्तिक २०८३, बुधबार

वृद्धालाई बलात्कार गरी भीरबाट फाल्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau chorबनेपा, २४ असोज । सत्तरी वर्षीया वृद्धालाई बलात्कार गरेर भिरबाट फाल्ने एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोकको मेच्छे गाविसमा बलात्कारपछि घाँटीमा सलले बाँधेर भिरबाट खसालेको आरोपमा दोलखा घर भई मेच्छेमा ज्यामी काम गर्ने २० वर्षीय रोजन पाख्रिनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका पाख्रिनले आफूले बलात्कार गरेर भिरबाट खसालेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

उहाँले ती वृद्धालाई प्रहरी र स्थानीयवासीले उद्धार गरेर धुलिखेल अस्पताल ल्याएको र उपचार जारी रहेको बताउनुभयो ।

पक्राउ परेका पाख्रिनलाई ज्यान मार्ने उद्योग, जबर्जस्ती करणी र चोरी अभियोगमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । केही दिनअघि सो घटना भएको थियो । रासस