११ कार्तिक २०८३, बुधबार

मधेसी मोर्चाको समर्थन सुशील कोइरालालाई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २४ असोज । झण्डै दुई महिनादेखि मधेसमा आन्दोलनको नेतृत्व गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ सरकारको प्रधानमन्त्रीमा कांग्रेसका सभापति सुशील कोइरालालाई समर्थन गर्ने निर्णय गरेको छ ।

आज विहान राजधानीमा बसेको मधेसी मोर्चाको बैठकले प्रधानमन्त्री निर्वाचन प्रक्रियामा भाग लिँदै कोइरालालाई भोट हाल्ने निर्णय गरेको हो । मोर्चाका नेता मनिष सुमनले प्रधानमन्त्री चुनावमा कांग्रेस सभापति कोइरालालाई भोट हाल्ने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘अतिवादी र कम्युनिष्टलाई साथ नदिने निर्णय गरेका छौं । कांग्रेसको सरकारबाटै हाम्रा मुद्दा किनारा लाग्ने ठहर पनि गरेका छौं ।’

‘मधेशी, थारु, मुस्लिम, दलित, आदिवासी जनजाती विरुद्ध रहेको उग्रबामपन्थी तथा लोकतन्त्र विरोधी फासिस्ट चरित्र वोकेको अपवित्र गठबन्धनलाई परास्त गर्न त्यसका विरुद्ध मतदान गर्ने र सत्ताको खेलवाट वाहिर रही चलीरहेको आन्दोलनलाई निरन्तर जारी नै राख्ने निर्णय गरियो ।’ बैठकपछि मोर्चाद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।