काठमाडौं, २४ असोज । विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले अन्ततः नयाँ सरकारको प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गरेको छ ।
व्यवस्थापिका संसद भवन नयाँ बानेश्वरमा फोरम लोकतान्त्रिक र एमालेबीच आठ बुँदे सहमतिमा हस्ताक्षर भएको छ । मधेसी र थारुका माग सम्बोधन गर्न अधिकतम लचकता अपनाउने सहमतिमा ओलीलाई समर्थन गर्ने निर्णयमा पुगेको फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले जानकारी दिनुभयो ।















प्रतिक्रिया