११ कार्तिक २०८३, बुधबार

भारत अन्तर्राष्ट्रिय कानुनको फन्दामा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Indiaकाठमाडौं, २४ असोज । नेपालमा नाकाबन्दी गरिरहेको भारतलाई अन्तर्राष्ट्रिय कानुनको फन्दामा पार्न सबै नेपाली एकजुट भइसकेका छन् ।

यस्तो अवस्थामा भारतले सन्धी सम्झौता उल्लंघन गर्दै नेपालमा नाकाबन्दी लगाएको भन्दै ३३ दलीय मोर्चाले संयुक्त राष्ट्र संघमा उजुरी पत्र समेत पठाएका छन् । जसका कारण भारत अन्तर्राष्ट्रिय कानुनको फन्दामा पर्ने सम्भावना बढेको छ ।

यसै क्रममा नेकपा एमालेका नेता माधवकु्मार नेपालले अन्तर्राष्ट्रिय सन्धि सम्झौता विपरित नाकाबन्दी लगाएको भारतलाई अन्तर्राष्ट्रिय कानुनको फन्दामा पार्नुपार्ने धारणा राखेका छन् ।

उनले भारतलाई नाकाबन्दी तत्काल हटाउन समेत चेतावनी दिएका छन् । यदि नाकाबन्दी नहटाए अन्तर्राष्ट्रिय कानुनको कठघरामा सबै नेपाली एकजुट भएर भारतलाई उभ्याउने उनको कडा भनाई छ ।

एमाले नगरकोट नगर कमिटीको प्रथम अधिवेशनका क्रममा बोल्दै नेता नेतालले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्दै भारतले नाकाबन्दी लगाउनु गलत भएको उल्लेख गर्दै नेपाली नागरिकले अब शसक्त प्रतिकार गर्ने बेला आइसकेको बताए ।

नेता नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनताबाट कमाएको माया र सम्मान गुमाएको बताउँदै नेपालको समस्या सुल्झाउन भारत–नेपालबीच आवश्यक वार्ता एवम् छलफल तत्काल थाल्न आग्रह समेत गरे ।