
काठमाडौँ, २३ असोज । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले प्रधानमन्त्रीमा उम्मेदवारी दिएपछि काँग्रेसभित्रै असन्तुष्टि बढेको छ । काँग्रेसका सहायक महामन्त्री पूर्णबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् भने अन्य नेताहरुले पनि विरोध गरेका छन् ।
नेपाली काँग्रेसका युवा नेता चन्द्र भण्डारीले सुशील कोइरालाको उम्मेदवारीलाई इतिहासकै सबैभन्दा ठूलो भुल भनेका छन् । कोइरालाले प्रधानमन्त्री उम्मेदवारी दर्ता गरेपछि फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘प्रधानमन्त्री पदका लागि सुशील कोइराला र केपी वलीले नामांकन गरेका छन्। । तर जो जे भए पनी सुशील कोइरालाको नामांकन मेरो विचारमा इतिहासको सबै भन्दा ठूलो भुल हुनेछ। जसले उहाँलाई सल्लाह दिए त्यो सल्लाह तिनीहरुको थिएन। मेरो विचारमा घेरै प्रतिक्रिया आउन सक्दछ । तर भोली इतिहासले प्रमाणित गर्नेछ ।’
यसअघि एमालेकै अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा सहयोग गर्ने वचन दिएका कोइराला एकाएक बदलिएका थिए । आइतबार प्रधानमन्त्रीका लागि संसदमा मतदान हुँदैछ ।















प्रतिक्रिया