११ कार्तिक २०८३, बुधबार

राजधानीमा प्रहरीमाथि लुटेरा समूहको आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २३ असोज । राजधानीको भक्तपुर जिल्लामा प्रहरीमाथि लुटेरा समूहले आक्रमण गरेका छन् ।

मध्यपुर ठिमी नगरपालिका–१६ लोकन्थलीमा लुटेराले शुक्रबार ढुंगा प्रहार गर्दा महानगरीय प्रहरी प्रभाग बालकोटमा कार्यरत प्रहरी जवान भिमबहादुर चौधरी घाइते भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

लोकन्थली निलो पुलमा चेकिङमा खटिएको अबस्थामा ललितपुर महालक्ष्मी नगरपालिका–४ टिकाथली बस्ने ४० वर्षीय दिपक अधिकारीलाई अपरिचित ब्यक्तिले लुटन खोज्दा नियन्त्रणमा लिनेक्रममा लुटेराले प्रहरीमाथि ढुंगा प्रहार गरी फरार भएको थियो ।

घाइते चौधरी गठ्ठाघर अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् । ढुंगा प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको छ ।