११ कार्तिक २०८३, बुधबार

वीरगञ्जमा मधेसी मोर्चाका कार्यकर्ताले मोटरसाइकल चालकलाई पेट्रोल छर्केर जलाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

motorbike-fireवीरगञ्ज, २३ असोज । पर्साको वीरगञ्जमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले मोटरसाइकल जलाएका छन् ।

शनिबार मोर्चाका कार्यकर्ताले वीरगञ्ज उपमहानगरपालिका–१७ गण्डक सिँचाई कार्यालय अगाडि ना.३ प ८३१५ नम्बरको मोटरसाइकलमा पेट्रोल खन्याई आगजनी गरेको प्रहरीले जनाएको छ ।

आगोले जलेर मोटरसाइकल चालक बारा गढिमाई नगरपालिका–३ स्थित अगरबत्ती कारखानामा काम गर्ने सुनसरी दुहबीका ५० वर्षीय अशोक ढुंगाना घाइते भएका छन् । उनलाई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगज पठाइएको छ ।

आगजनीबाट मोटरसाइकल पूर्णरुपमा जलेर क्षति भएको छ । आगजनी गर्ने बारा बहुअरी–१२ बस्ने ३० वर्षीय वृषकिशोर यादब र ३३ वर्षीय सुरेन्द्र पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।