१ कार्तिक २०८३, शनिबार

प्रचण्डले ओलीलाई समर्थन गरेपछि बाबुराम पक्षधरले विज्ञप्ति निकाले (विज्ञप्तिसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-Baburamकाठमाडौं, २३ असोज । बहुमतीय सरकार गठनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णयले एकीकृत नेकपा माओवादीमा विवाद सुरु भएको छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई समर्थन गरेपछि पार्टी परित्याग गरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पक्षधरका २९ नेताहरुले विज्ञप्ति निकालेर विरोध जनाएका छन् ।

उनीहरुले बहुमतीय प्रक्रियामा जाने एमाओवादी पार्टीको एजेण्डा नभएकाले सहमतीय सरकार निर्माण जोड दिनपर्ने धारणा व्यक्त गरेका छन् । एमाओवादी नेताहरु देवेन्द्र पौडेल, गंगा श्रेष्ठ, नवराज सुवेदी, रामचन्द्र झा लगायतका २९ नेताहरुले जारी गरेको विज्ञप्तीमा बहुमतीय सरकार गठनमा एमालेलाई समर्थन गर्ने निर्णयको विरोध गरिएको छ ।

देशको समस्या समाधानको ठोस र भरपर्दो आधार विना नै एमालेलाई समर्थन गरेको भन्दै विज्ञप्तिमा भनिएको छ-‘देशको विद्यमान समस्याको समाधान गर्ने र राष्ट्रिय एकता र सार्वभौमसत्ताको रक्षाका लागि राष्ट्रिय सहमति कायम गरेर जानु पवर्ने अवस्थामा यो निर्णयले हामीलाई गम्भीर एवं आश्चर्यचकित बनाएको छ ।’

Mao-Statement