२२ कार्तिक २०८३, आइतबार

सुशीललाई प्रधानमन्त्रीमा अगाडि बढाउने कांग्रेसको निर्णय, उम्मेदवारी दर्ता गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-Neta-Deuna,-Sushilकाठमाडौं, २३ असोज । नेपाली कांग्रेसले सभापति सुशील कोइरालालाई आगामी नयाँ सरकारको नेतृत्वका लागि पनि प्रधानमन्त्रीमा अगाडि बढाउने निर्णय गरेको छ ।

तीन शीर्ष नेताको आज बालुवाटारमा बसेको बैठकको सहमतिअनुसार कोइरालालाई अगाडि बढाउने निर्णय भएको हो ।

शीर्ष नेताको निर्णयलाई पदाधिकारीले पनि अनुमोदन गरेको छ ।
कांग्रेसले आफ्नै नेतृत्वमा अधिकतम सहमतिको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । त्यसका लागि शीर्ष नेतृत्वले पहल गर्ने छन् ।

नेता देउवाले आफू पनि नहुने सम्भावना देखेपछि कोइरालालाई प्रस्ताव गरेको स्रोतको भनाइ छ ।