काठमाडौं, २३ असोज । प्रधानमन्त्रीमा उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा सहमति खोज्न कांग्रेसका तीन शीर्ष नेताहरू गम्भीर छदलफलमा लागेका छन् ।
उनीहरूले आन्तरिक सहमति गरेर आफैले नयाँ सरकारको नेतृत्व गर्ने वा एमालेलाई समर्थन गर्ने भन्ने विषयमा ठोस निर्णय गर्ने बुझिएको छ ।
बालुवाटारमा कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता देरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलबीच सरकारको नेतृत्वका विषयमा गम्भीर छलफल हुनेछ ।
छलफलका लागि पौडेल बालुवाटार पुगे पनि देउवा अझै पुग्नुभएको छैन । नेता देउवाले आफू निकटकासँग आन्तरिक छलफल गरिरहेको बुझिएको छ ।
देउवा र पौडेलबीच सरकारको नेतृत्वका विषयमा विवाद छ । तर दुबैले नमानेपछि कोइरालाले आफूलाई निरन्तरता दिने हुन् की भन्ने आशंका केही नेताहरूको छ ।












प्रतिक्रिया