२२ कार्तिक २०८३, आइतबार

कांग्रेसमा देउवा र पौडेलले प्रधानमन्त्रीमा दाबी गर्ने संकेत, आज पनि ठोस निर्णय भएन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-meeting– विमल योगी
काठमाडौं, २२ असोज । नयाँ सरकारको नेतृत्वबारे टुङ्गो लगाउन विहीबारदेखि बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रबार पनि विना निष्कर्ष टुङ्गिएको छ ।

बहुमतीय सरकारको प्रक्रिया सुरु भइसकेको अवस्थामा एमालेसँगै सरकारमा जाने कि आफै नेतृत्व लिने विषयमा कांग्रेस अझै टुङ्गोमा पुग्न नसकेको हो । कांग्रेसमा वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री बन्ने इच्छा देखाएपछि कांग्रेस अनिर्णयको बन्दी बनेको हो ।

बालुवाटारमा पार्टीको बैठक सकिएपछि वरिष्ठ नेता देउवा र उपसभापति पौडेल गुट उपगुटको भेला गरिरहेका छन् । आफू प्रधानमन्त्रीमा उठेपछि बहुमत प्राप्त हुने अवस्था देखिएमा शनिबारको बैठकमा देउवा वा पौडेलले नेतृत्वमा दाबी गर्ने सम्भावना रहेको कांग्रेसका एक नेताले दैनिक नेपाललाई बताए । अहिले देउवाले गोकर्ण रिसोर्ट आफ्नो पक्षको भेला गरिरहेका छन् ।
नयाँ सरकार नेतृत्वबारे टुङ्गो लगाउन बैठक शनिबार फेरि बस्ने भएको छ ।