१ कार्तिक २०८३, शनिबार

कञ्चनपुरका पत्रकार विष्टलाई शिक्षा लेखनवृति पुरस्कार, सभामुख नेम्वाङबाट पुरस्कृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

DSC05348[1]

महेन्द्रनगर, २२ असोज । शिक्षा लेखनवृति पुरस्कारबाट कञ्चनपुरका पत्रकार मोहन विष्ट पुरस्कृत भएका छन् ।

विष्टलाई व्यवस्थापिका संसदका सभामुख सुवासचन्द्र नेम्वाङले प्रमाणपत्रसहित पुरस्कृत गर्नुभयो । शिक्षा क्षेत्रमा उल्लेख योगदान पु¥याएको भन्दै शिक्षा विभागले पत्रकार विष्टलाई शिक्षा पत्रकारिता पुरस्कार २०७१ प्रदान गरेको हो ।

शुक्रबार काठमाडौंमा विश्व हुलाक दिवसको अवसर पारी नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सहकार्यमा शिक्षा विभागले पत्रकार विष्टलाई शिक्षा पत्रकारिता लेखनवृति अन्र्तगत नगद प्रमाणपत्रसहित सम्मान गरिएको नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरले जानकारी दिनुभयो ।

DSC05364[1]

महासचिव मगरका अनुसार शिक्षावृत लेखनतर्फ पत्रकार विष्टले नगद १५ हजार प्रमाण पत्र पाएका छन् । महासंघका अनुसार पत्रकार विष्ट लगायत शिक्षा क्षेत्रमा योगदान पु¥याएका दैशैभरीका विभिन्न संचारसम्बद्ध पत्रकारहरुलाई समेत नगदका साथै पुरस्कृत गरेको छ ।

पत्रकार विष्टले सुदूरका ग्रामिणबस्तीका नागरिकहरुलाई शिक्षा क्षेत्रबाट बञ्चित, शैक्षिक मुद्दाहरु उठान गर्दै आएका छन् । पत्रकार विष्ट महेन्द्रनगरबाट प्रकाशित हुने नयाँ जनक्रान्ति नेपाली दैनिक र राष्ट्रिय समाचार समितिमा कार्यरत हुनुहुन्छ ।