२२ कार्तिक २०८३, आइतबार

कांग्रेसको गोप्य बैठक नसकिदै एकाएक एमाओवादी नेताहरु किन बालुवाटार प्रवेश गरे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

k|wfgdGqL] lgjf; afn'jf6f/df a;]sf]  tLg bnsf] a}7saf6 aflxl/g] qmddf  PsLs[t g]skf -dfcf]jfbL_sf cWoIf k'iksdn bfxfn ;~rf/sdL{nfO{ k|ltlqmof lbFb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

– विमल योगी

काठमाडौं, २२ असोज । संसदको प्रमुख दल नेपाली कांग्रेसले नयाँ सरकारको नेतृत्वबारे टुङ्गो लगाइनसकेका बेला एमाओवादीका नेताहरु प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका छन् ।

लाजिम्पाटमा आज बसेको स्थायी समिति बैठकपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट गएका एमाओवादी नेताहरु एकाएक कांग्रेससँग छलफल गर्न बालुवाटार पुगेका हुन् ।

स्थायी समिति बैठकमा एमाओवादीले अघि सारेको ८ बुँदे शर्त बोकेर नेताहरु बालुवाटार आएको स्रोतले जनाएको छ । नयाँ सरकारको नेतृत्वमा जसले ८ बुँदे शर्त पुरा गर्छ त्यसैलाई नै एमाओवादीले समर्थन गर्ने नीति बोकेर नेताहरु बालुवाटार प्रवेश गरेका हुन् ।

एमाओवादीको ८ बुँदे शर्तमा मधेसी र थारु आदिवासी, जनजातिका लगायत मागहरु पूरा गर्नुपर्ने उल्लेख छ । शर्त पुरा गर्ने लिखित सहमति जनाए एमाओवादीले कांग्रेस वा एमालेको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्नेछ ।

यही शर्त कांग्रेस नेताहरुसमक्ष राख्न एमाओवादी अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड सहितका नेताहरु बालुवाटार प्रवेश गरेका हुन् । यसरी आउने नेताहरुमा कृष्ण महरा, टोप बहादुर रायमाझी, हरिबोल गजुरेल लगायत रहेका छन् । यसअघि एमाओवादीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमा भेटेर ८ बुँदे शर्त पेस गरेको थियो ।