काठमाडौं, २२ असोज । प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय सहमतिको सरकार निर्माणमा एमालेसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।
आज विहान एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उपमहासचिव विष्णू पौडेलसँग बालुवाटारमा भेटवार्ता गर्दै प्रधानमन्त्री कोइरालाले पूर्व सहमतिअनुसार आफू एमालेकै नेतृत्वमा सहकार्य गर्न तयार रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो– ‘पूर्व सहमति अनुसार एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन म तयार छु तर, कांग्रेस केन्द्रीय समितिको निर्णय पर्खिनुस् ।’ प्रधानमन्त्री कोइरालाले व्यक्तिगत रुपमा एमालेको नेतृत्वलाई साथ दिन तयार रहेको बताउनुभएको एमाले वरिष्ठ नेता नेपालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– प्रधानमन्त्रीले व्यक्तिगत रुपमा हामीलाई सहयोग गर्छाै भनेका छन् । अहिले कांग्रेस केन्द्रीय समिति बैठक बसिरहेकाले पार्टीको निर्णय पर्खिनुस् भनेका छन् ।’
मन्त्रिपरिषद् बैठक बसिरहेका बेला प्रधानमन्त्री कोइरालाले एमाले नेताद्धय नेपाल र पौडेललाई वेटिङमा रुममा भेटेका थिए । अहिले मन्त्रिपरिषद बैठक बसिरहेको छ ।













प्रतिक्रिया