२२ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीले किन ‘वेटिङ’मा राखे एमालेका माधव र विष्णूलाई ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Koirala-nepalकाठमाडौं, २२ असोज । प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न एमाले वरिष्ठ नेता माधव नेपाल र उपमहासचिव विष्णू पौडेल बालुवाटार पुगेका छन् ।

एमालेको नेतृत्वमा राष्ट्रिय सरकारका लागि कांग्रेसको समर्थन माग्न नेपाल र पौडेल अहिले बालुवाटार पुगेका छन् । आफूलाई भेट्न बालुवाटार आएका एमाले नेताद्धय नेपाल र पौडेललाई प्रधानमन्त्री कोइरालाले वेटिङ रुममा कुराएका छन् ।

अहिले बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेकाले एमाले नेताद्धयले वेटिङमा बस्नुपरेको हो । नयाँ सरकार र अहिलेको सरकारको समिक्षाबारे छलफल गर्न बालुवाटारमा मन्त्रिपरिषद्को अन्तिम आकष्मिक बैठक बसिरहेको छ ।