२२ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री बन्न ओलीको दौडधुप तिव्र, सहयोग माग्दै को-को लाई भेटे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli Points Media

काठमाडौं, २२ असोज । नयाँ सरकारको नेतृत्व लिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सक्रियता बढाएका छन् ।

नयाँ सरकार गठन गर्न राष्ट्रपति रामवरण यादवले आह्वान गरेको समय विहीबारबाट सकिएपछि आजबाट बहुमतीय प्रक्रिया सुरु भएसँगै एमाले अध्यक्ष ओलीले नेतृत्व लिन सक्रियता बढाएका हुन् ।

यता कांग्रेसले पनि सरकारको नेतृत्व आफै लिने संकते देखाइरहेका बेला आफ्नो पक्षमा बहुमत जुटाउन ओली रातदिन खटिएका छन् । विहीबार ओलीले कांग्रेस, एमाओवादी र राप्रपा नेपाललाई प्रधानमन्त्रीमा समर्थन गरी सहयोग गर्न आग्रह गरेका छन् ।

को–को लाई भेटे ?

पहिलोः एमालेले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनमा सहयोग गर्न विहीबार प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई औपचारिक आग्रह गरेको छ ।

एमालेका अध्यक्ष ओलीसहितको उच्चस्तरीय टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा भेटी कोइरालालाई सो आग्रहसहितको पत्र बुझाएको हो । एमालेले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय स्थायी कमिटीको बैठकले गरेको थियो ।

भेटपछि अध्यक्ष ओलीले विगतमा संविधान निर्माण गर्न प्रमुख दलमा गरिएको एकता, सहकार्य र सद्भावनाको मूल्याङ्कन गर्दै भावी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरिएको बताए । उनले जवाफमा प्रधानमन्त्री कोइरालाले आफूले भद्र सहमतिअनुसार सहयोग गर्छु भन्दै आएको तर पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेपछि आधिकारिक जवाफ दिने बताएका थिए । अध्यक्ष ओलीले भूकम्पपछिको पुनः निर्माण, नयाँ संविधान कार्यान्वयनका लागि सहमतिका आधारमा विभिन्न कानुनको निर्माण र कार्यान्वयनका लागि प्रमुख दलसँगै हुनुपर्नेमा आफूले जोड दिएको बताए ।

दोस्रोः यस्तै, एमालेले नयाँ सरकारको नेतृत्वका लागि आफ्नो पार्टीलाई सहयोग गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई आज आग्रह गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीले विहीबार साँझ राप्रपा नेपाल केन्द्रीय कार्यालय धूमबाराहीमा पुगेर सो पार्टीका अध्यक्ष कमल थापा र अन्य पदाधिकारीसँग भेट गरी सहयोगका लागि आग्रह गरेको हो ।

एमालेको प्रस्तावमा अध्यक्ष थापाले आफ्नो पार्टी सकारात्मक रहेको र नयाँ सरकारको नेतृत्वका लागि अध्यक्ष ओलीलाई शुभकामना दिँदै केन्द्रीय कार्यसमितिको बैठकले चाँडो निर्णय लिने प्रतिबद्धता व्यक्त गर्नुभएको केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताए ।

तेस्रोः यस्तै, एमालेले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि एकीकृत नेकपा (माओवादी) नेतृत्वलाई पनि सहयोगको आग्रह गरेको छ ।

एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेतृत्वले विहीबारै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाट पुगी ‘भद्र सहमति’अनुसार अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि औपचारिक आग्रह गरेको हो ।

जवाफमा अध्यक्ष दाहालले सहमतिबाटै अगाडि बढ्नुपर्नेमा जोड दिँदै सो विषयमा आफ्नो पार्टीको शुक्रबार बस्ने पदाधिकारी बैठकले निर्णय गर्ने बताउनुभएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

ओलीको पक्षमा समर्थन जुटाउन अध्यक्ष ओलीका साथै एमालेका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष विद्यादेवी भण्डारी, सचिव प्रदीप ज्ञवालीसहितका नेता खटिएर लागेका छन् । यस्तै, सरकारको नेतृत्वमा समर्थन जुटाउन ओलीले आज पनि साना दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।