२२ कार्तिक २०८३, आइतबार

कांग्रेसको बैठक बस्दै, सरकारको नेतृत्वका विषयमा निर्णय गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress NC Meetingकाठमाडौं, २२ असोज । संसदको ठूलो दल नेपाली कांग्रेसको दुई दिनदेखि जारी केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नयाँ प्रधानमन्त्रीको निर्वाचन र सरकार गठनका विषयमा ठोस निर्णय गर्ने बुझिएको छ ।

बैठकले सकेसम्म अधिकतम सहमतिको सरकार आफ्नै नेतृत्वमा बनाउने पक्षमा कांग्रेसका अधिकांश नेताहरू देखिएपछि कांग्रेसभित्र तरङ्ग पैदा भएको छ ।

यसअघि बिहीबार बसेको बैठकमा कांग्रेस नेताहरूले आआफ्ना पक्षमा लबिङ् गरेका थिए ।

सुशील कोइराला पक्षधरले कोइराला, शेरबहादुर देउवा पक्षले देउवा तथा रामचन्द्र पौडेललाई अधिकतम सहमतिको सरकारका लागि नेतृत्व गर्न दिनुपर्ने भन्दै अधिकतम सहमतिको सरकार कांग्रेसले नै फेरि पनि बनाउनु पर्ने बताएका थिए ।