काठमाडौं, २२ असोज । नयाँ प्रधानमन्त्री निर्वाचन र सरकारमा जाने वा नजाने भन्ने विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आफ्नो केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
पार्टी कार्यालय धुम्वाराहीमा आज बस्ने बैठकले सरकारमा आफूहरूको सहभागिता रहने वा नरहने भन्ने विषयमा निर्णय गर्ने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
‘प्रधानमन्त्री निर्वाचन आउँदैछ’, उहाँले भन्नुभयो, ‘सरकार गठनको विषय पनि छ । त्यसैले सबै राजनीतिक विषयमा छलफलगर्न केन्द्रीय समितिको बैठक बोलाइएको हो ।’
उहाँले आफूहरू सकेसम्म प्रतिपक्षमा बस्ने बताउनुभयो । अहिलेको आवश्यक्ता तीन ठूला दल मिलेर सरकार बनाउँदा राम्रो हुने आफूहरूको सुझाव रहेको सहप्रवक्ता श्रेष्ठले उल्लेख गर्नुभयो ।












प्रतिक्रिया