३० आश्विन २०८३, शुक्रबार

यसवर्षको साहित्यतर्फको नोबेल पुरस्कार स्वेतलानालाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nobel-

मिन्स्क २१ असोज । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार बेलारुसकी लेखिका स्वेतलाना अलेक्सविचलाई दिइने भएको छ ।

उहाँको लेखले समकालीन विश्वको पीडा र साहसको प्रतिनिधित्व गर्ने निष्र्कष निकाल्दै नोबेल पुरस्कार समितिले बिहीबार स्वेतलानालाई साहित्यतर्फको पुरस्कार दिइने घोषणा गरेको हो ।

हाल ६७ वर्षीया स्वेतलानाको राजनीतिक विषयमा बढी कलम चल्ने गरेको बताइएको छ । उहाँ पत्रकारितामार्फत साहित्य लेखनमा प्रवेश गर्नुभएको थियो ।

उहाँको जन्म ३१ मे सन् १९४८ मा युक्रेनमा भएको थियो । उहाँपछि बसाइँसराई गरी बेलारुसमा आउनुभएको थियो ।

उहाँको पहिलो उपन्यास ‘द अनवुमन्सली फेस अफ द वार्स’ सन् १९८५ मा प्रकाशित भएको थियो ।

उक्त पुस्तकले महिलाहरूले नाजी जर्मनहरूको विरुद्ध गरेको सङ्घर्षका कथाहरू समेटेको छ ।

सन् १९०१ देखि सुरु भएको यस साहित्यतर्फको नोबेल पुरुस्कार पाउने उहाँ १४ औ महिला हुनुहुन्छ ।

यसअघि क्यानाडाकी एलिस मुन्रो सन् २०१३ मा साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्नु भएको थियो । रासस÷एएफपी