काठमाडौं, २१ असोज । मन्त्रिपरिषदको बिहीबारका लागि बोलाइएको बैठक अचानक स्थगित भएको छ ।
प्रधानमन्त्री सुशील कोइरालासहितका कांग्रेसका मन्त्रीहरू पार्टीको केन्द्रीय कार्यसमितिमा व्यस्त भएपछि मन्त्रिपरिषद बैठक प्रभावित भएको हो ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बालुवाटारमा बिहीबार दिनभरि बसेको छ । सोही बैठकमा सहभागी हुनुपर्ने भएपछि मन्त्रिपरिषद बैठक प्रभावित भएको जनाइएको छ ।
बैठक भोलि शुक्रबार बस्ने स्रोतले जनाएको छ । बैठकले दसैँ विदा, केही उपसचिव र सहसचिवहरूको बढुवाका साथै भारतले लगाएको अघोषित नाकाबन्दीका विषयमा छलफल हुने बुझिएको छ ।












प्रतिक्रिया