
काठमाडौं, २१ असोज । प्रधानमन्त्री सुशील कोइरालाले प्रमुख दलहरुबीच एमालेलाई सरकारको नेतृत्व दिने भद्र सहमति नभएको दाबी गरेका छन् ।
नेपाली कांग्रेसका सभापति रहेका कोइरालाले विहीबार बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा भद्र सहमति अफवाह मात्र भएको दाबी गरेका हुन् । यसअघि कोइराला भद्र सहमतिबारे मौन बस्दै आएका थिए । प्रमुख दलहरुबीच कुनै भद्र सहमति नभएको बताउँदै कोइरालाले भद्र सहमतिको दाबीलाई अफवाहको संज्ञा दिएका हुन् ।
यसअघि एमाले र एमाओवादी नेतृत्वले १६ बुँदे सहमति गर्ने क्रममा संविधान बनेपछि एमाले अध्यक्ष केपी ओलीलाई प्र्रधानमन्त्री बनाउने भद्र सहमति भएको दाबी गरेका थिए ।
एमाओवादी अध्यक्ष प्रचण्डले सर्वदलीय बैठक र सार्वजनिक कार्यक्रमा नै भद्र सहमति भएको र कोइरालाले पटक पटक ओलीलाई ढुक्क हुनुस भनेको भन्दै आएका छन् । साथै कोइरालाले नयाँ सरकार गठनबारे दुई विकल्प अघि सारेका छन् । नयाँ सरकार नेतृत्वबारे अहिले बैठकमा छलफल चलिरहेको छ । बैठकमा दुई विकल्प ओलीलाई समर्थन गर्ने की आफै नेतृत्व लिने बिषयमा छलफल भइरहेको छ ।












प्रतिक्रिया