काठमाडौं, २१ असोज । कोरियन भाषा परीक्षा इपीएसको परीक्षाफल विहीबार प्रकाशित भएको छ ।
इपीएस कोरिया शाखाले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा ८ हजार ४ सय ९० जना उत्तीर्ण भएका छन् । जसमा उत्पादनमुलकतर्फ ५ हजार ८ सय १७ र कृषि तथा पशुपालन तर्फ २ हजार ६ सय ७३ जना रहेका छन् ।
इपीएस कोरिया शाखा निर्देशक डिल्लीराम बास्तोलाले परीक्षामा सहभागीमध्ये १९ दशमलव ५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जानकारी दिनुभयो । इपीएस भाषा परीक्षा असोज २ र ३ गते सञ्चालन भएको थियो ।
इपीएसको नतिजा www.epsnepal.gov.np र www.hrd.or.kr मा हेर्न सकिनेछ ।
इपीएस कोरिया शाखाका अनुसार भाषा परीक्षामा उत्तीर्ण युवाहरुको मंसिरको दोस्रो हप्तादेखि स्वास्थ्य परीक्षण, आवेदन दर्तालगायतका प्रक्रिया सुरु हुनेछ । प्रक्रिया पूरा गरेर उनीहरु सन् २०१६ को जनवरीदेखि कोरियामा रोजगारीका लागि जान सुरु गर्नेछन् ।












प्रतिक्रिया