३० आश्विन २०८३, शुक्रबार

ब्रिटेनको मुटूमा १५ गोर्खा सैनिकको सम्झनामा कसले बनायो साढे सात टनको स्मारक ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gorkha-1लन्डन । बेलायतको फोक्स्टोन शहरमा गोर्खा स्मारक अनावरण गरिएको छ ।

करीब डेढ करोड रुपियाँको लागतमा निर्मित उक्त स्मारक फोकस्टोन शहरको गार्डेन अफ रिमेम्बरेन्स् पार्कमा अवस्थित छ । यसको तौल ७.८ टन र उचाईं ६ फुट छ ।

स्मारकले आधुनिक युद्ध पोशाक लगाएर हतियारसहित तम्तयार एक गोर्खा योद्धालाई झल्काएको छ ।

ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष पुगेको अवसरमा तथा ब्रिटिश सेनामा सेवारत रहँदा अफगानिस्तान लडाईंका क्रममा ज्यान गुमाएका १५ जना गोर्खा सैनिकहरुको संझनामा उक्त स्मारक निर्माण गरिएको गोर्खा स्मारक कोषका अध्यक्ष तथा पूर्व काउन्सिलर धन गुरुङले जनाए ।

आधुनिक गोर्खा सैनिकको अवधारणामा आधारित उक्त स्मारकले ब्रिटिश सेनामा गोर्खालीहरुको योगदानको संझना दिलाउने र दुई देशबीचको संबन्धलाई अरु नजीक तुल्याउन योगदान पुराउने गुरुङले बताए।

आइतबार एक भव्य समारोहकाबीच सो स्मारकको गोर्खा अभियानलाई लामो समयदेखि सहयोग गर्दै आएकी चर्चित ब्रिटिश अभिनेत्री जोआना लुम्लेले उद्घाटन गरिन् ।

भूपू गोर्खाहरुले नेपाली चेली मान्ने यीनै अभिनेत्री पहलमा भूपू गोर्खा र तिनका परिवारले सन् २००९ मा आवासीय अधिकार पाएका थिए ।

सो समारोहमा जोआना र सुजातालाई ब्रिगेड अफ गोर्खाज् सेकेन्ड बटालियन दि रोयल गोर्खा राइफल्स्का जवानहरुले सलामी दिएका थिए ।

बेलायतका लागि कार्यवाहक नेपाली राजदूत तेजबहादुर क्षेत्री लगायत वरिष्ठ ब्रिटिश तथा नेपाली पाहुनाहरु समारोहमा उपस्थित थिए।

उद्घाटनपछि अभिनेत्री लुम्लेले स्मारकले ब्रिटेन नेपाल सम्वन्ध अरु गाढा बनाउने विश्वास व्यक्त गरिन् । उनले यसबाट बेलायत रहेका गोर्खासमुदाय र नेपालीहरुप्रति बेलायती जनताको सुमधुर सम्वन्ध थप अभिवृद्धि हुने विश्वास पनि जनाइन् ।

नेपाली कांग्रेसकी नेतृ कोइरालाले स्मारकले दुई देशबीचको सम्वन्ध अरु प्रगाढ बनाउने बताइन् । उनले नेपालको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको बताउंदै भूकम्पपछि बेलायतको सहयोगप्रति आभार समेत व्यक्त गरिन् ।
। उक्त अवसरमा दुई सय वटा रंगीन बेलुन उडाइएको थियो ।

पूर्व काउन्सिलर एवं गोर्खा मेमोरियल फण्डका संस्थापक अध्यक्ष धन गुरुङले ६ वर्षको मेहनतपछि आफ्नो परिकल्पनाले साकार रुप लिएकोमा खुसी व्यक्त गरे। उनले स्मारकको निर्माणमा सघाउने फोक्स्टोनवासी, नेपाली तथा गोर्खा समुदायका सदस्यहरु र सबै संघसंस्थालाई हार्दिक धन्यवाद पनि दिए।

पूर्वतिर फर्केको उक्त मूर्तिले ब्रिटिशको सेवामा रहेपनि गोर्खा सैनिकहरुको मन आफ्नै मातृभूमिप्रति रहीरहेको भन्ने सन्देश दिन खोजेको पनि गुरुङले बताए।

तामाले बनेको उक्त मूर्ति ब्रिटिश मूर्तिकार रेवेक्का हकिन्सले कुँदेकी हुन्। उनले आफ्नै खर्चमा नेपाल गएर तीन महिनासम्म पहाडी परिवेश तथा गोर्खा संस्कृतिको बारेमा अध्ययन गरेर फर्केपछि सो मूर्ति बनाएकी थिइन् ।

Gorkha-2 Gorkha-3 Gorkha-4