काठमाडौं, १९ असोज । नेपालमा लगाइएको अघोषित नाकाबन्दी तत्काल हटाउन भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारलाई आग्रह गरेको छ ।
नाकाबन्दीले भारत–नेपाल सम्बन्धमा दरार उत्पन्न भएको भन्दै नाकाबन्दी हटाएर सम्बन्ध पुनर्स्थापित गर्न मोदी सरकारलाई भनेको हो । कंग्रेसका प्रभावशाली नेता प्रमोद तिवारीले अहिलेको घटनालाई आफ्नो पार्टीले गम्भीर रुपमा लिएको बताउँदै प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको सम्बन्धलाई पुनर्स्थापित गर्न उचित कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।
भारतीय पत्रिका द इकोनोमिक्स टाइम्समा प्रकाशित समाचारमा नेता तिवारीले नेपाल भारतको अभिन्न छिमेकी भएकाले राम्रो सम्बन्धका साथ अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।













प्रतिक्रिया