काठमाडौं, १९ असोज । सभामुखले राष्ट्रपतिको सट्टा संसदमा शपथ लिने व्यवस्था राखेपछि संसदको कार्यविधि २०७२ ले एक साताभित्रै हावा खाएको छ । कार्यविधि पारित भए लगत्तै संशोधनका लागि संसद सचिवालयले काम थालेको छ ।
सभामुख, संसदका महासचिवसहित कांग्रेस, एमाले, एमाओवादीलगायतले राम्रोसँग ध्यान दिन नसक्दा कार्यविधिमा गम्भीर त्रुटि भएको हो । त्रुटिअसार सभामुखले राष्ट्रपतिको साटो संसदमा शपथ लिने व्यवस्था राखिएको छ ।
विगतको परम्परा र मान्यता विपरित यस्तो व्यवस्था राखिएपछि सभामुख सुवासचन्द्र नेम्वाङको चौतर्फी आलोचना भएको छ । संसद सचिवालयले पनि कार्यविधिमा गम्भीर त्रुटि भएको स्वीकार गर्दै त्यसलाई सच्चाउन गृहकार्य थालेको जनाएको छ ।
जबकी संवैधानिक निकायका प्रमुखहरुले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने हुन्छ । कार्यविधिमा त्यति मात्रै होइन थुप्रै गल्ती छन् ।
तर सभामुख नेम्वाङले ध्यान नै नदिएर कार्यविधि तयार गर्न लगाई पारित गराएपछि आलोचना सुरु भएको छ । कार्यविधि असोज १५ गते बसेको संसदको बैठकले कार्यविधि पारित गरेको थियो ।
कार्यविधि २०७२ को दफा ६ को उपदफा ९ बमोजिम सभामुख पदमा निर्वाचित सदस्यले बैठक समक्ष अनुसूची ३ बमोजिम आफ्नो पदको शपथ ग्रहण गरिसकेपछि सभामुखको आसन ग्रहण गर्ने व्यवस्था छ ।













प्रतिक्रिया