१ कार्तिक २०८३, शनिबार

सरकारका विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १८ असोज । नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रधानमन्त्री निर्वाचनका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

कांग्रेसद्वारा आज जारी विज्ञप्तिअनुसार केन्द्रीय कार्यसमितिको बैठक पर्सी बुधबार बिहान साढे आठ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा समग्र राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा उपस्थित हुने कांग्रेसले आफ्ना सबै केन्द्रीय सदस्य र पदाधिकारीहरूलाई आग्रह गरेको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक लामो समयपछि बस्न लागेको हो ।