दोहा । गैरआवासीय नेपाली संघको काठमाण्डौंमा हुन गईरहेको आसन्न सातौं महाधिवेशनको लागि कतारका उमेश अधिकारीले गल्फ सहसंयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन् । पूर्व कार्यकालमा आईसीसी सल्लाहकारको रुपमा आफ्नो पदीय दायित्व बहन गरीसकेका अधिकारीले यसपटक गल्फ सहसंयोजक पदमा ११ बुँदे घोषणापत्र सार्वजनिक गर्दै उम्मेदवारी सार्वजनिक गरेका छन् ।
गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको २००९—२०११ मा पंजिकृत सदस्य हुँदै उक्त कार्यकालमा एनसीसी कतारको कार्यकारिणी सचिवालय सदस्य, २०११—२०१३ को कार्यकालमा कतार प्रतिनिधी युवा संयोजक र २०१३—२०१५ को कार्यकालमा एनआरएनए आईसीसी सदस्य पदमा रही आफ्नो कार्यकाल पुरा गरेका अधिकारी यसपटक गल्फ सहसंयोजकमा जाने कुरा बताएका हुन् ।
के छ त अधिकारीको घोषणापत्रमा ?
सर्वप्रथम गैर आवासीय नेपाली दिदीबहिनी–भाई लगायत पत्रकार मित्रहरुमा नमस्कार !
विश्वका विभिन्न मुलुकमा छरिएर रहेका करिव ३७ लाख नेपालीहरुको एक मात्र साझा संस्था गैर आवासीय नेपाली संघ “नेपालीका लागि नेपाली भन्ने मुल नाराका साथ स्थापित संस्था आज आम नेपालीहरुको वीचमा साझा संस्थाको रुपमा स्थापित भैसकेको छ । आगामी १४ देखि १७ अक्टुवर, २०१५ सम्म हुन गैरहेको संघको आसन्न सातौ अन्र्तराष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनमा मैले पनि मध्यपुर्वको गल्फ सहसंयोजक पदमा उम्मेदवारी घोषणा गरेको यहाँहरुलाई सहर्ष जानकारी गराउन पाउँदा आफुलाई गौरवान्वित महसुश गरेको छु ।
विगत ७ वर्ष देखि यस संस्थाको अभियान्तको रुपमा विभिन्न पदमा जिम्मेवारीहरु निर्वाह गर्दै ल्च्ल् अभियानमा निरन्तर रुपमा लागि रहेको कुरा यहाँहरुलाई विदितै छ । गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको २००९—२०११ मा पंजिकृत सदस्य हुँदै उक्त कार्यकालमा एनसीसी कतारको कार्यकारिणी सचिवालय सदस्य, २०११—२०१३ को कार्यकालमा कतार प्रतिनिधी युवा संयोजक र २०१३—२०१५ को कार्यकालमा एनआरएनए आईसीसी सदस्य पदमा रहि सफल्तापुर्वक आफ्नो जिम्मेवारी पुरा गरेको छु । ल्च्ल् अभियान मै समाहित भएर खाडी क्षेत्रमा रहेका करिव १५ लाख नेपालीहरुको हक, हित र अधिकारको रक्षा एवम् वैदेशिक रोजगारीमा देखिएको समस्यालाई व्यावस्थित र मर्यादित वनाउनका लागि नेपाल सरकार र नेपाली कामदारहरुको वीचमा पुलको रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
विगत लामो समय देखि ल्च्ल् अभियानमा रहेर प्रत्यक्षरुपमा संलग्न भई प्राप्त गरेका अनुभवहरुलाई आम नेपाली समुदायको हितको लागि उपयोग गर्न सकिने कुरामा म विश्वस्त छु । संघको २०१५–२०१७ कार्यकालको लागि गल्फ सहसंयोजक पदमा यहाँहरुको विश्वासको मत प्राप्त भएको खण्डमा मध्यपुर्ववासी गैर आवासीय नेपालीहरुको हक, हितको लागि निम्न कार्यहरु गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।
१) खाडी क्षेत्रमा रहेका नेपाली श्रमिकहरुको हक, हित र अधिकारलाई सुरक्षित गर्नको लागि विभिन्न मुलुकमा रहेका नेपाली राजदूतावाससंग आवश्यक समन्वय गरी समस्याहरु समाधानको लागि आवश्यक पहल गर्ने र नोपली राजदुतावास नभएका मुलुकहरुमा नेपाल सरकारसंग दुतावास खोल्नको लागि ठोस रुपमा पहल गर्ने ।
२) विशेष गरी खाडी क्षेत्रमा बैदेशिक रोजगारी भित्र देखिएको समस्यालाई व्यावस्थित गर्नका लागि यहाँ आउनु पूर्व स्वदेशमा नै अनिवार्य रुपमा प्रभावकारी अभिमुखीकरण तालिम गर्ने व्यवस्थालाई कार्यन्वयन गर्न नेपाल सरकार लगायत सरोकारवाला निकायहरुसंग समन्वय गर्ने ।
३) नेपाली श्रमिकहरु सम्बन्धित मुलुकमा आउनु पूर्व न्युनतमरुपमा त्यस देशको कानुन, भाषा, संस्कृति, धार्मिक मान्यता लगायतका बिषयमा आवश्यक जानकारी प्रदान गर्न व्यावस्थापनको लागि नेपाल सरकारको सरोकारवालाहरुसंग बिशेष पहल गर्ने ।
४) खाडीमा अलपत्र परेका नेपाली श्रमिकहरुको उद्धार गर्न र वैदेशिक रोजगारलाई मर्यादित एवम् व्यावस्थित गर्नका लागि मध्यपुर्वमा एक “एनआरएन अक्षयकोष” स्थापना गर्न आवश्यक पहल गर्ने ।
५) महाभुकम्पवाट प्रभावित क्षेत्रहरुमा संघको उदेश्य अनुरुप पुर्ननिर्माण तथा समृद्ध नेपाल निर्माणको महाअभियानमा भुमिका निर्वाह गर्ने ।
६) गैर आवसिय नेपाली संघको अभियान अन्तर्गत ल्च्ल् भवन निर्माणका लागि आवश्यक पहल एवम् सहयोग गर्ने ।
७) संघको उदेश्य अनुरुप न्युनतम आयआर्जन भएका नेपालीहरुको हितलाई मध्यनजर गर्दै सामुहिक लगानीको वातावरण निर्माण गर्न आवश्यक पहल गर्ने ।
८) खाडी क्षेत्रमा कार्यरत उद्योग व्यावसाय गरेर बस्नु भएका नेपालीे व्यावसायीहरुको हक, हित र सुरक्षाको लागि नेपाली राजदुतावास मार्फत पहल गर्ने । यहा“का उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्दै सुरक्षित लगानीको वातवरण तयार गर्न नेपाल सरकारस“ग आवश्यक पहल गर्ने ।
९) नेपाललाई विश्वसामु चिनाउन विदेशमा नेपाली कला, भेषभुषा, संस्कृती तथा पर्यटन क्षेत्रलाई प्रवर्धन गर्न आवश्यक कार्यहरु गर्ने ।
१०) विशेष गरी खाडी मुलुकमा कार्यरत घरेलु महिला कामदारहरुको सुरक्षाको लागि नेपाल सरकार र खाडी मुलुकको सरोकारवाला निकायसंग आवश्यक पहल गर्ने ।
११) वैदेशिक रोजगारीमा विभिन्न कारणले दुर्घटनामा परी मुत्यु भएका पिडीत परिवारहरुलाई दिने विमा रकम रु १० लाखका दरले वितरण कार्यलाई सहज वनाउन आवश्यक पहल गर्ने । साथै, दुर्घटनामा परी घाईते तथा अपाङ्ग भएकाहरुलाई आवश्यक क्षतिपुर्तीको लागि पहल गर्ने ।
मैले माथि उल्लेखित प्रविद्धताहरुलाई अत्मासाथ गर्दै गैर आवासीय नेपाली संघ जस्तो गरिमामय साझा संस्थामा साझा भावनालाई कदर गर्दै समग्र नेपाल र नेपालीको हक, हितको लागि मैले गल्फ सहसंयोजक पदमा उम्मेदवारी दिएको पुनः जानकारी गराउदछु । मध्यपुर्वमा कार्यरत एनआरएन मित्रहरुले मलाई उक्त पदमा आफ्नो विशवास प्रदान गरी विजय गराई काम गर्ने अवसर प्रदान गर्नु हुनेछ भन्ने विश्वास लिएको छु । धन्यवाद ।।
उमेश अधिकारी
गल्फ सहसंयोजक पदको उम्मेदवार
गैर आवसिय नेपाली संघ
अन्र्तराष्ट्रिय समन्वय परिषद
















प्रतिक्रिया