३० आश्विन २०८३, शुक्रबार

कप्तानबाट हटाइएको विषयमा क्यानको पत्र पाएपछि पारसले के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali_cricket_team_Paras_Khadka_CAN_Nepal

काठमाडौं, १७ असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई कप्तानबाट हटाइएको खबर झुटो भएको नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले प्रष्ट पारेको छ ।

शनिबार क्यानले पारसलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट नहटाइएको भनेर लिखितरुपमै पत्र पठाएर प्रष्ट पारेको हो । केही दिनअघि पारस खड्कालाई कप्तानबाट हटाइएको भन्ने समाचार सार्वजनिक भएको थियो ।

क्यानको पत्र पाएपछि कप्तान पारस खड्काले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनमा क्यानले लिखित पत्र दिएको खुलाउँदै पारसले आफूले अनुशासनहीन काम गरेकाले कप्तानबाट हटाइएको भन्दै सार्वजनिक भएको गलत समाचारले आफू दुखित भएको गुनासो गरे ।

साथै परिवार र समर्थकलाई पनि तनाव दिएको उनको दुखेसो थियो । आफूले कहिल्यै कसैलाई व्यक्तिगत आक्षेप नलगाएको उनले दाबी गरे । आफूलाई अनुशासनहीन काम गरेको भन्दै कप्तानबाट हटाइएको समाचार आउनु आफ्नो खेलप्रतिको इमान्दारीतामा प्रहार भएको उनको आरोप छ ।