३० आश्विन २०८३, शुक्रबार

महेन्द्रनगरमा आरएससी ट्वान्टी-ट्वान्टी क्रिकेट कप हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rsc-Cricket-Mnr
महेन्द्रनगर, १६ असोज । दशैतिहारको उत्सवमा कञ्चनपुरमा ‘आरएससी ट्वान्टी–ट्वान्टी क्रिकेट कप’ आयोजना हुने भएको छ ।

सदरमुकाम महेन्द्रनगरस्थित स्थानीय खुलामञ्चमा रोजी स्पोर्टस् क्लबले असोज २३ गतेदेखि ‘आरएससी ट्वान्टी–ट्वान्टी क्रिकेट कप’ आयोजना गरेको हो ।

प्रतियोगितामा कञ्चनपुर र कैलालीका १६ टीमले सहभागिता जनाउने क्रिकेट कप मूल आयोजक समितिका संयोजक सन्तोषराज भट्टले जानकारी दिए । उनका अनुसार असोज २३ गतदेखि सुरु हुने क्रिकेट कप कात्र्तिक ३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टीमलाई ५० हजार रुपैयाँ र द्वितीय हुने टीमलाई २५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । क्रिकेट कपमा टीम दर्ताका लागि १२ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

‘क्रिकेटलाई सम्मान, घरेलु संरचना विकासमा योगदान’ भन्ने नाराका साथ आयोजना गरिएको क्रिकेट कपमा एउटा टीममा बढीमा एउटा अन्तर्राष्ट्रिय खेलाडी र ४ वटा राष्ट्रिय स्तरका खेलाडीले मात्रै सहभागी जनाउने पाउने प्रावधान राखिएको संयोजक भट्टले बताए । यसअघि रोजी स्पोर्टस् क्लबले गत वर्ष कृष्णपुरको बंकमा क्रिकेट कप आयोजना गरेको थियो ।

Rsc-Cricket-Mnr-1 Rsc-Cricket-Mnr-2 Rsc-Cricket-Mnr-3