दक्षिण कोरिया । ग्लोवल तेह्रथुम सेवा समाज दक्षिण कोरियाको साधरण सभा सम्पन्न भएको छ ।
दक्षिण कोरियाको राजधानी सउलको ग्वाङहामुनस्थित ओम रेष्टुरेष्टमा सेप्टेम्बर २१ तारिकका दिन ग्लोवल तेह्रथुम सेवा समाजका केन्द्रीय संयोजक लक्ष्मी प्रसाद थापाको प्रमुख अतिथि, विशेष अतिथि समाजका सल्लाहाकार तथा एनआरएन आइसिसी प्रतिनिधि केपी सिटौला र कोरियाका संयोजक गणेश सौगातको सभापतित्वमा सम्पन सभाले पुरानो कार्यसमिती विगठन गरी आगामी तिन महिना भित्र बृहत् भेला गरी नयाँ कार्यसमिती गठन गर्ने निर्णयका साथ १४ सदस्यीय तर्दथ समिति र ४ सदस्यीय सल्लाहाकार समिति गठन गरेको छ ।
उक्त भेलाले अध्यक्षमा गणेश सौगात, उपाध्यक्षमा सन्तोष मादेन र राजेश लिम्बु, सचिवमा सुन्दर लिम्बु, सह सचिवमा प्रल्हाद डाँगी, कोषाध्यक्षमा राजकुमार लिम्बु साथै सदस्यहरूमा क्रमशः तुलसी बराल, सिता बुढाथोकी, दिल कुमार लिम्बु, सुमन कन्दङवा, प्रेम लिम्बु, विश्वबन्धु भट्ठराई, सुनिल कबबन्दङवा र दिपेन लिम्बु सर्वसम्मत चयन भएका छन् ।
यस्तै सल्लाहकारमा क्रमशः लक्ष्मी प्रसाद थापा, केपी सिटौला, राजु सन्तोषी थापा र लेखनाथ ढकाल चयन भएका छन् ।
एनआरएन आइसिसी प्रतिनिधि केपी सिटौलाले आफ्नो जन्मभुमीको लागी केही गर्न पाउदा खुसी व्यक्त गर्दै भविष्यमा आफूले सक्दो सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।
समाजका केन्द्रीय संयोजक लक्ष्मी प्रसाद थापाले उक्त समारोहमा जिल्लावासीलाई रचानात्मक कार्य गर्नका लागि एकत्रित हुन जोड दिदै समाजको विधान तथा दर्ता प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।
तर्दथ समितिका अध्यक्ष गणेश सौगातले कोरियामा रहेका समस्या, दुख आपतमा परेकाहरुको लागि सक्दो सहयोग गर्ने साथै अन्य रचनात्मक कार्यहरुलाई निरन्तरता दिदै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो भने उक्त सभाको संचालन समाजका केन्द्रीय सह(सचिव राजु सन्तोषी थापाले गर्नु भएको थियो साथै स्वागत मन्तव्य सन्तोष मादेनको रहेको थियो ।
















प्रतिक्रिया