३० आश्विन २०८३, शुक्रबार

जिल्ला खेलकुद विकास समिति कैलालीमा दीपक सिंह मनोनित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deepak-singधनगढी, १४ असोज । जिल्ला खेलकुद विकास समिति कैलालीको अध्यक्षमा दीपकबहादुर सिंह मनोनित भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले भलिवल खेलाडी सिंहको अध्यक्षतामा जिल्ला खेलकुद विकास समिति मनोनित गरेको जनाएको छ । परिषद्का सदस्य सचिव केशवकुमार विष्टद्वारा हस्ताक्षरित जानकारी पत्रमा सिंह अध्यक्षमा मनोनित भएको जनाइएको छ ।

समितिको कोषाध्यक्षमा कमला चन्द तथा सदस्यहरूमा महेश बुढा, बिन्दु चौधरी, गम्भीर केसी र बम बोगटी मनोनित भएका छन् ।

राष्ट्रिय भलिबल खेलाडी रहेका सिंह खेलकुद महासंघ कैलालीका सचिवालय सदस्य हुन । उनी नेकपा (एमाले)को भातृ संगठन युवा संघ नेपाल सेती अञ्चल सचिव समेत हुन ।