३० आश्विन २०८३, शुक्रबार

भूकम्पपछि पाकिस्तानमा अर्काे विपत्ति, एकैदिन ११ जना मारिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakistan-flagइस्लामावाद, १४ कात्तिक । शक्तिशाली भूकम्पको क्षतिबाट विपत्तिमा परेको पाकिस्तानमा अर्काे आपत्ति आइलागेको छ ।

पाकिस्तानको स्थानीय निर्वाचनका क्रममा दुई राजनीतिक दलबीच दक्षिणी पाकिस्तानमा सशस्त्र भएका झडपमा ११ जनाको मृत्यु भएको यहाँका प्रहरी अधिकारीले बताए ।

झडपमा दर्जनौँ अरु घाइते भएका बताइएको छ । खैरपुर सहरको बाहिरी इलाकामा भएको विभिन्न झडपमा शनिबार मात्रै ११ जनाको मृत्यु भएको हो ।

पाकिस्तानमा पहिलो चरणको स्थानीय निकायको उक्त निर्वाचनमा सिन्ध तथा पञ्जाव प्रान्तमा हुने क्रममा २५ जना घाइते भएका प्रहरी अधिकृत पिर मोहम्मद शाहले बताउनुभयो ।

सो इलाकामा थप तनाव हुन नदिन केन्द्र सरकारले थप सुरक्षाकर्मीलाई त्यसतर्फ पठाएको छ । पाकिस्तानमा सत्ताधारी र प्रतिपक्षी दलबीच यस्ता झडप हुनु असामान्य होइनन् । रासस/एपी