१ कार्तिक २०८३, शनिबार

एमआरपी नबनाउनेहरु एक महिनापछि स्वतह अबैधानिक बन्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mrp-password– सुदिप निउरे
क्वालालामपुर । मलेसियामा कार्यरत हस्तलिखीत राहदानी भएका नेपाली कामदार अबको एक महिना पछि स्वतह अबैधानिक बन्ने निश्चित भएको छ ।

एमआरपी बनाउन झण्डै तीन महिनाको समय लाग्छ तर एमआरपी बनाई सक्नु पर्ने समय अब एक महिना भन्दा पनि कम भएकोले हस्तलिखीत राहदानी बाहकहरु अबैध बन्ने पक्का भएको हो ।

कती नेपालीसंग हस्तलिखीत राहदानी छ भन्ने आधिकारिक जानकारी भने नेपाली राजदूतावाससंग पनि छैन । झण्डै २ लाख नेपाली कामदार अझैपनि पुरानै राहदानीको साथमा भएको अनुमान नेपाली राजदूताबासको छ । उनीहरु अब सरासर अबैधानिक बन्दै छन् ।

एमआरपी बनाउन नेपाली राजदूतावासले गरेको पटक पटकको आग्रह बेवास्स्ता गर्ने नेपालीहरु अबैधानिक बन्दै छन् । राजदूतावासले अन्तिम पटक सूचना जारी गर्दै एमआरपी नभएकाहरुलार्इ बनाउन आग्रह गरेको छ । एमआरपी नबन्नुमा रोजगार प्रदायक कम्पनी र स्वयम कामदारको उदासीनता प्रमुख बनेको भेटिन्छ । राहदानी बनाउन सजिलो होस भन्दै राजदूतावासले पेनाङ र जोहोरबारुमा समेत क्याम्प सन्चालनमा ल्याएको थियो ।

आगामी मंसिर ८ गते अर्थात नोभेम्बर २४ तारिखपछि मलेसिया लगायत संसारभरका हस्तलिखित राहदानी बाहक अबैधानिक बन्ने छन् । हस्तलिखीत राहदानीलाई बिश्व नागरिक उड्ययन संस्था आईकाओले अबको एकमहिना पछि मान्यता दिने छैन । नोभेम्बर २४ पछि पुरानो राहदानीका साथमा कोही भेटिएमा त्यो अध्यागमन जन्य अपराध ठहरिने छ ।

अब एमआरपी बिना कोहिपनि एक देशबाट अर्का देश जान आउन, बिदेश कामकाजका लागि जान, बस्न वा अध्ययन गर्न पाउने छैन । यदि हस्तलिखीत राहदानीका आधारमा कामकाज गरेको भेटिएमा त्यो गैरकानुनि ठहरिने छ । बाहकवाला तोकिएको समयसम्मका लागि थुना वा जेल पर्नेछ ।