१ कार्तिक २०८३, आइतबार

माछापुच्छ्रे र जनता बैंक गाभिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

janata-bank-limitedपोखरा, १२ असोज । माछापुच्छ्रे बैंक र जनता बैंक गाभिनका लागि विस्तृत सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

माछापुच्छ्रे बैंकका अध्यक्ष डा वीरेन्द्रप्रसाद महतो र जनता बैंकका अध्यक्ष उदय नेपाली श्रेष्ठले सोमबार विस्तृत सहमतिमा हस्ताक्षर गर्नुभएको छ । गाभिएपछि बैंकको प्रधान कार्यालय पोखरामा र कर्पोरेट कार्यालय काठमाडौँमा नै रहने सहमति भएको छ ।

दुबै बैंक गाभिएपछि बैंकको कुल चुक्ता पुँजी करिब रु पाँच अर्ब ७१ करोड हुनेछ । गाभिएपछि बैंकका शाखा ९२ वटा पुग्नेछन् । बैंकको नाम माछापुच्छ्रे बैंक लिमिटेड रहनेछ । रासस