यूएई । सुदूर पश्चिम सेवा समाज युएईले आफ्नो क्षेत्रीय समितिहरुलाई बिस्तार गर्दै लैजाने क्रममा २५ सेप्टेम्बर २०१५ शुक्रबारका दिन अबुधाबी क्षेत्रीय समिति गठन गरेको छ ।
संस्थाका केन्द्रिय अध्यक्ष शिवराज जैशीको प्रमुख अतिथ्यतामा केन्द्रिय बरिश्ट उपाध्यक्ष चेतन थापा, केन्द्रिय उपाध्यक्ष जयराज जोशी, केन्द्रिय महासचिब मान बहादुर के.सी. ‘मुस्कान’, केन्द्रिय सचिब कमल गिरी, केन्द्रिय सदस्य डम्बर राज जोशी, भरत चन्द, भिम बहादुर सिंह र जय बि.क.को बिशेष उपस्थितीमा सम्पन्न एक वृहत भेलाले देब बहादुर कुवरको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिति चयन गरेको छ ।
नवगठित समितिका अध्यक्ष देब बहादुर कुवरले आफुले जिम्बेबारी पाएकोमा खुशी ब्यक्त गर्दै आउदा दिनहरुमा अबुधाबीमा रहेका सम्पूर्ण सुदूर पश्चिम बाशीहरुलाई एकजुट गरेर अघाडि बढ्ने जिज्ञासा राख्नु भएको थियो ।
सुदूर पश्चिम सेवा समाज युएईका केन्द्रिय अध्यक्ष शिवराज जैशीले नया समितिले आगामी दिनमा अबुधाबीमा कार्यरत सम्पूर्ण सुदूर पश्चिम बाशीहरुलाई एकजुट गर्दै अघाडी बढ्ने छ भन्ने आशा ब्यक्त गर्दै नयाँ समतिलाई बधाई र शुभकामना दिनु भएको थियो ।
त्यस्तै संस्थाका केन्द्रिय बरिश्ट उपाध्यक्ष चेतन थापा, केन्द्रिय उपाध्यक्ष जयराज जोशी, केन्द्रिय सदस्य डम्बरराज जोशी र जय बि.क.ले पनि आ आफ्नो जिज्ञासा राख्दै नवगठित क्षेत्रीय समितिलाई बधाई तथा शुभकामना दिएका थिए । भने संस्थाका केन्द्रिय महासचिब तथा देउडा गायक मान बहादुर के.सी. ‘मुस्कान’ले सुदूर पश्चिम सेवा समाज युएई गठन भएको एक बर्ष नपुग्दै क्षेत्रीय समिती बिस्तार गर्ने क्रममा दुबई र शरजाह क्षेत्रीय समिती गठन भई सकेको र अबुधाबी क्षेत्रीय समिती गठन हुँदा झनै समाज बलियो भएको कुरामा जोड दिदै सुदूर पश्चिम सेवा समाज युएईले अहिले सम्म गरेका कामको बारेमा जानकारी गराउदै समाज गठन हुनको मुख्य उदेश्य र लक्ष्य सबै सामु छर्लङ पारेका थिए ।
अध्यक्ष देब बहादुर कुवरको नेतृत्वमा निम्न अनुसारका पदाधिकारी तथा सदस्य रहको कार्यसमिती चयन भएको छ ।
अध्यक्ष श्री देब बहादुर कुवर (डडेल्धुरा )
उपाध्यक्ष श्री यादव प्रसाद पन्त (डडेल्धुरा )
सचिब श्री बिक्रम बहादुर सिह (कंचनपुर )
कोषाध्यक्ष श्री गोरख रावल ( कैलाली )
सदस्यहरु
श्री अमर गिरी ( बझाङ )
श्री राजेश बिक (बाजुरा )
श्री ज्ञान कुमार शाह (अछाम )
श्री दिपक राज जैशी (दार्चुला )
श्री हरिस खत्री (बैतडी )
सल्लाहकार
श्री कुन्डल सिह ( कंचनपुर )
श्री राज बहादुर रोकाया (कैलाली ) रहनु भएको छ ।
कार्यक्रममा उपस्थित सदस्यहरुले आ-आफ्ना जिज्ञासा राखेका थिए ।
















प्रतिक्रिया