३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा नेपाली खेलाडी ठकुरीलाई पूनःस्वर्ण पदक प्राप्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ujjal-thakuriपेन्सलभेनिया l नेपाल सितोरियु करातेका अमेरिका निबासी खेलाडी उज्ज्वल ठकुरीले सेप्टेम्बर २६ तारिक शनिबारका दिन पेन्सलभेनिया राज्यको अल्तोनसहरमा सम्पन्न (PMAA FALL BRAWL FOUR, WARRIORS UNITED CIRCUT GAME)मा ३५ देखि ४४ बर्षको उमेर समुहको २ मिनेट पोइन्ट फाइटमा ५-१ ले प्रतिद्वन्दी खेलाडीलाई फाइनल खेलमा पराजित गरि पूनः स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् l 
 
हाल सम्म ठकुरीले बाल्टिमोर, पेन्सलभेनिया  न्युजर्सीमा सहभागिता जनाउदै ३ स्वर्ण एक रजत र एक कश्य पदक हातपारि सकेका छन् l
 
उनले नेपाल आमाको नाम उच्च राख्दै खेल प्रतियोगितामा विजयी भई नेपालको झन्डा छातिमा राख्न पाउँदा अशिम खुसि प्राप्त भएको बताएका छन् l
 
खेलाडी ठकुरीले नेपालको झन्डा फरफराउन प्रेरणा र झन्डा उपलब्ध गराउनु हुने दाजु रबि सिंह गुरुङ ,राजनीतिक चिन्तन मात्र नगरी खेलकुद प्रति उत्तिकै प्रेरणादायी भूमिका निर्बाह गर्दै साथ साथै खेलमा उपस्थिति गै आफुलाई हौशला प्रदान गर्ने अभिभावक तथा डिसी महानगर क्षेत्रमा लामो समय देखि बस्दै आउनु भएका विश्वबन्धु प्रसाई प्रति आभार ब्यक्त गरेका छन् l
 
प्रत्येक खेलमा प्रोत्साहन गर्ने परममित्र कराते खेलका मित्रहरु सरोज भट्टराई र नारायण राणालाई पनि आभार प्रकट गर्दै आगामी दिनमा पनि यसरी नै अगाडी बढ्ने कोशिस गर्ने प्रतिबद्दता समेत ब्यक्त गरेका छन्  l