एजेन्सी । सर्पको टोकाइबाट मानिसको मृत्यु भएको खबर त धेरै सुनिन्छ तर, कुनै मानिसले सर्पलाई नै काटेको र सर्पको मृत्यु भएको कुरा सुन्नमा आएको सायदै होला ।
तर यूपीको आगरामा यस्तै अनौठो घटना सार्वजनिक भएको छ । जहाँ फोहोरको थुप्रोमा बसेको एक मदिरा सेवन गर्ने जड्याहा युवकलाई सर्पले टोक्यो । मदिराको नशामा त्यही बेला रिसको झोकमा ती युवकले सर्पलाई समातेर मुखमा हालेर चपाई चपाई मारे । यी युवकको नाम राजेश हो ।
खबर अनुसार शुक्रबार दिउँसो एक बजे राजेश मदिराको नशामा घरको बाहिर फोहोरको थुप्रोमा बसेका थिए । त्यही बेला बाहिरबाट आएको कालो सर्पले उनको हातमा टोक्यो । सर्पले टोक्दा राजेश डराउनुको साटो रिसले चुर भएर आफ्नो मुखले सर्पलाई चपाई चपाई खाए । सर्पलाई मारेपछि राजेश बिना कुनै समस्याविना जीवित छन् । यो घटना पूरै गाउँमा चर्चाको विषय बनेको छ ।














प्रतिक्रिया