१० कार्तिक २०८३, मंगलबार

‘नाकाबन्दी खोल्न सरकारबाट कूटनीतिक पहल सुरु’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khagaraj-adhikariकास्की, १० असोज । परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले भारतले अघोषित रुपमा लगाएको नाकाबन्दी खुलाउन कूटनीतिक पहल थालिएको बताउनुभएको छ ।

पोखरा उपमहानगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चित नगर’ घोषणा गर्न आज यहाँ आयोजित कार्यक्रममा मन्त्री अधिकारीले दुई÷चार दिन अघिदेखि नै भारतले अनेक बहानामा मालवाहक सवारी साधानलाई सिमानामा रोकेको विषयमा कूटनीतिक प्रयत्न थालिएको र त्यो छिट्टै समाधान हुने बताउनुभयो ।

छिमेकी मुलुकविरुद्ध नेपालको भूमि कुनैपनि हालतमा प्रयोग हुने नदिने उल्लेख गर्दै मन्त्री अधिकारीले छिमेकी मुलुकका जायज चासोको सम्मान गरिने बताउनुभयो । चीनतर्फको सीमानाका खुलाउने बारेमा चिनियाँ अधिकारीहरुसँग छलफल भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
कसैको सहयोग बिना नै १० जिल्लाका एक हजार गाविसलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न सकेकाले सन् २०१७ सम्म नेपाललाई पूर्ण खोप सुनिश्चित देश घोषणा गर्न सकिने उहाँको दाबी थियो ।

पोखरा नगरका दुई वर्ष मुनिका बालबालिकाले पूर्ण खोप लगाएको भन्दै पोखरालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो । रासस