काठमाडौं, १० असोज । दंगाग्रस्त क्षेत्रमा परिचालन भएको नेपाली सेना ब्यारेक फिर्ता भएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयले दिएको जानकारी अनुसार भदौ ७ गते कैलालीको टीकापुर भएको हिंसात्मक घटनापछि स्थानिय प्रशासनलाई सहयोग गर्ने कार्यको लागि परिचालन भएको सेना सोमबारदेखि ब्यारेक फिर्ता भएको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा २ र दफा ६ (ख) मा व्यवस्था भए बमोजिम शान्ति सु–व्यवस्था कायम गर्न स्थानीय प्रशासनको लिखित अनुरोधमा कैलालीमा सेना खट्टिएको थियो । सरकारले कैलालीसहित तराई मधेसका केही जिल्लालाई दंगाग्रस्त क्षेत्र समेत घोषणा गरेको थियो ।
कैलालीमा दंगाग्रस्त क्षेत्र भने केही दिन अगाडि नै हटाइएको छ । हाल कैलाली र टीकापुरको सुरक्षास्थिति सामान्य भएको हुँदा स्थानीय प्रशासनको निर्णय अनुरुप लिखित अनुरोधमा सोमबार सेना व्यारेक फिर्ता हुने कार्यक्रम रहेको छ ।
शान्ति स्थापनार्थ आफ्नो जिम्मेवारी कायम राख्न सेनालाई सहयोग गर्ने स्थानिय प्रशासन, विभिन्न सुरक्षा निकाय, स्थानियबासी, संचारकर्मी तथा सम्बन्धित सबैलाई नेपाली सेनाले हार्दिक धन्यवाद समेत व्यक्त गरेको छ ।















प्रतिक्रिया