
मोरङ, १० असोज । यस जगतमा मानवको जन्म लिएपछि बाँच्नुमात्र पर्दाे रहेछ कहिले आफूलाई त कहिले अरुको हरेक काम र अवस्था देख्न पाइन्छ । अथाह सम्पत्ति हुँदा पनि गाह्रो नहुँदा पनि गाह्रो । बास्तवमा सबैथोक सरोवरी हुने भए किन यो संसार यस्तो हुन्थ्यो होइन र ? तर पनि यो स्वार्थी संसारमा हुँदा आफ्नो नहुँदा सबै विरानो ।
त्यस्तै मोरङको उर्लावारी नगरपालिका ४ स्थित कमल श्रेष्ठ र कमला श्रेष्ठ नाम गरेका एक दम्पति कष्टकर जीवन यापन गर्दै आइरहेका छन् । न उनको जोतभोग गर्ने जग्गा जमिन नै छ, न बस्ने घर छ, न खान लाउने खर्च, न बिरामी पर्दा औषधि उपचार गर्ने खर्च, न आफ्नो कोखबाट जन्मलिएको सन्तान । उनीहरुको अवस्था देख्दा एकदमै नाजुक र कष्टकर अवस्था देखिन्छ । कमल भने बोल्न, देख्न र राम्रो सँग सुन्न सक्ने छन् भने उनको श्रीमतीको भने प्रष्ट बोल्न, सुन्न र देख्न नसक्ने अवस्थाको छ ।
विस २०१८ सालमा संखुवासभाको खाँदवारीबाट नक्सल आइ केही वर्ष बसेको र घुमफिर गर्दै मोरङको उर्लावारीमा विसं २०३२ सालमा स्थानीय कमल सिंह कार्कीको जग्गामा हालसम्म बसोवास गर्दै आएको उनले बताएका छन् । काम गर्दा गर्दै १२ वर्षअघि अचानक लडेपछि प्यारालाइसिस् भएको र औषधि उपचार गर्दा समेत स्वास्थ्य ठिक हुन नसकेको कमल बताउँछन् । यदि ठिक भएको भए बस्ने घर लगायत आम व्यक्ति सरह कमाउने, रमाउने र जमाउने थिँए भन्दै कमल दुखेसो व्यक्त गर्छन् ।
भाई जस्ताको त्यस्तै म विरामी नहुँदा पनि मेरी श्रीमती माग्दै हिँडेकी नै हुन र विरामी भए पश्चात त मागि खान कर नै लाग्यो । र मेरी श्रीमतीले हाल सम्म दिनभरी गाँउघर बाट जे हुन्छ मागि ल्याई छाक टार्ने गरेका छौँ । उनी बिरामी भइहाल्यो भने हातमुख जोड्न गाह्रो हुने गरेको र उनी दिर्घ रोगी समेत रहेको कमल बताउँछन् । खान लाउन त जे जसरी भएपनि चलेकै छ वर्षाले एक्दमै सताएको छ, म हिँडडुल गर्न नसक्ने पाको उमेरकी श्रीमती उसले के चाहिँ गर्न सक्छिन् र ? पानी पर्दा त ठिकै छ हावाहुरी चल्दा बाछिटाको कारण भिज्दै भएपनि दिन र रात टार्न बाध्य छौँ, एउटा राम्रो सुकिलो ओथ लाग्ने छाप्रो भैदिए राम्रो हुनेथियो भन्ने आशा लिएका छौँ ।
केहि वर्ष अघि उर्लावारी ४ स्थित रहेको हेब्रोन चर्चले यी दम्पत्तिको सुरक्षाका लागि सामान्य ओत हुने गरी छाप्रो निमार्णका साथै बेलाबेला खानपिन र केहि रकम समेत दिदै आएको कमल बताउँछन् । हाल उनको श्रीमती केहिदिन अघि आँखा कमजोरका कारण लडी हात मर्किन गई घाइते भएको अवस्था छ । यो दम्पत्तिले सबैसँग सहयोगको अपेक्षा समेत गरेका छन् ।















प्रतिक्रिया