१० कार्तिक २०८३, मंगलबार

दाङमा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dang-Deukhuri– सुधासुमन ढकाल
दाङ, १० असोज । दाङमा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

आइतबार दिउँसो दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट तुलसीपुर नगरपालिका २० सुगौरा निबासी ४२ बर्षीया रिसाली चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसाईले बताए ।

तुलसीपुरको बिरेन्द्र चोक नजिकै रा १ प ४०२९ नम्बरको मोटर साइकलको ठक्करबाट गम्भीर घाइते चौधरीको उपचारको क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा ज्यान गएको हो । मोटरसाइकल सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।