काठमाडौं, १० असोज । विश्व फुटबलका स्टार खेलाडी तथा स्पेनिस क्लब रियल म्याड्रिडले स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो विश्वकै महंगाका खेलाडी बनेका छन् ।
यसै साता उनको स्थानान्तरण मूल्य समेत तोकिएको छ । स्पेनिस क्लब रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले रोनाल्डोको मूल्य एक अर्ब युुरो (करिब एक खर्ब १९ अर्ब रुपैयाँ) तोकेका हुन् । यो मूल्य फुटबल महास्टार पेले पछिको सबैभन्दा बढी भएको समाचार एजेन्सीले जनाएका छन् ।
कुनै समय फुटबल महास्टार पेलेको मूल्य ३ खर्ब रुपैयाँसम्म थियो । रियल मड्रिडले रोनाल्डोलाई बेच्न एक अर्बको प्रस्ताव फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) सँग राखेको हो । पीएसजी फ्रान्सको लिग च्याम्पियन क्लब हो ।
विगत केही वर्षदेखि विश्वका स्टार खेलाडीलाई भित्र्याउने प्रयास गरिरहेको पीएसजी पछिल्लो समय रोनाल्डो भित्र्याउन प्रयत्न गरिरहेको छ ।
सन् २००९ मा रोनाल्डोलाई इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट भित्राएयता रियलले युरोपियन च्याम्पियन्स लिग र घरेलु लिगको उपाधि जितिसकेको छ । रियलमै रहँदा रोनाल्डोले दुईपटक फिफा वर्ष खेलाडी पुरस्कार पनि जितिसकेका छन् ।
रोनाल्डोले यो अवार्डका पछिल्ला दुई संस्करण जितेका हुन्। उनले रियलका लागि तीन सय दुई खेल खेल्दै तीन सय २५ गोल गरेका छन् । पाँच वर्ष म्यान युनाइटेडमा बिताएका ३० वर्षीय पोर्चुगिज स्टार रोनाल्डोले त्यसक्रममा उक्त क्लबका लागि दुई सय ९२ खेल खेल्दै एक सय १८ गोल गरेका थिए ।















प्रतिक्रिया