१ कार्तिक २०८३, शनिबार

भारतले नाकाबन्दी लगाउँदा तेल व्यापारी पलायन हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tranker-oilपथरी (मोरङ), ८ असोज । मोरङका मुख्यबजार सुनसान भएपछि व्यवसायीहरु पलायन हुने अवस्थामा सिर्जना भएको व्यवसायीहरुले दुःखेसो पोखेका छन् ।

भारतीय पक्षले नेपाल आयात गर्ने ट्याङ्कर रोक्दा व्यापारी पलायन हुने अवस्थामा आइपुगेको उद्योग सङ्गठनले जनाएको छ । उद्योग सङ्गठन मोरङका अध्यक्ष शिवशङ्कर अग्रवालले उच्चस्तरीय पहलबाट जोगवनी नाका खुलाउन माग गर्नुभयो ।

“यो समस्या हल गर्न सरकारले पहल गर्नुपर्छ” उहाँले भन्नुभयो । जोगवनीको नाकामा संयुक्त मधेसी मोर्चाले आन्दोलन गरेर अवरोध गरे पनि चार्डपर्व नजिकिँदै जाँदा चोरबाटो हुँदै किनमेल गर्ने नेपालीको भीड बढेपछि स्वदेशी व्यापारी विस्थापित हुने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो ।

मोरङ व्यापारसङ्घका अध्यक्ष तथा सभासद् पवनकुमार सारडाले जिल्लासँग जोडिएको भारतीय सीमावर्ती बजारबाट सामान आयात नहुँदा मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रका व्यवसायी भएको बताउनुभयो ।

विराट व्यापारसङ्घका अध्यक्ष राजजीवन अग्रवालले सरकारले उच्चस्तरीय पहलबाट सीमा नाका खुलाउन माग गर्नुभयो । “यो त सोच्दै नसोचेको कुरा भयो अब हामी सबैलाई समस्या पर्ने भो” उहाँले भन्नुभयो । उहाँले सरकारले भारतसँग चाँडो वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

सीमा क्षेत्रमा भएको प्रदर्शन तथा नाकाबन्दिका कारण नेपाल आउन पर्खेर बसेका झन्डै एक हजार बढी सवारी साधन भारतीय बजार जोगवनीमा अलपत्र परेका छन् । रासस