३० आश्विन २०८३, शुक्रबार

खगेन्द्र जिसी एनआरएन आइसिसी उपाध्यक्षमा लड्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khagendra-GC

– कृष्ण केसी
अमेरिका । गैर आवासीय नेपाली सङ्घ अन्तराष्ट्रिय समन्वय परिषद (NRNA ICC) को आगामी अक्टोबर १४-१७, २०१५ मा काठमाडौँमा हुने विश्व शिखर सम्मेलनमा हुने निर्वाचनका लागि खगेन्द्र जी सी ले उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । न्यौयोर्क स्थित नेपालीहरू, पत्रकार र एनआरएनहरुकाबीच आफूले निर्वाचनमा जाने घोषणा गरेका हुन ।

जी सी पेसाले कानुन व्यवसायी हुन भने एनआरएन अमेरिकाका निबर्तमान अध्यक्ष पनि हुन । जित्ने घोडा बिस्तारै र हिरोले अन्तिममा देखाउछ भने झैँ गत २०१४ मा भएको एनआरएन अमेरिकाको निर्वाचनमा पनि खगेन्द्र जीसीले करिब अन्त अन्ततिर आएर मात्र आफ्नो उम्मेद्वारी घोषणा गरेका थिए तर भारी मतले सफलता पाए । त्यही सफलताबाट हौसिएका जी सी ले उम्मेद्वारी घोषणा पछि सबैलाई सहयोग गर्न अनुरोध गरेका छन । स्मरणरहोस् जिसी नेपाली कांग्रेस पार्टीको अमेरिका स्थित जनसंपर्क समितिका संयोजक पनि थिए ।

उसो त जिसी अध्यक्ष भएको पालामा नै एनआरएन अमेरिका संसारमा सबै भन्दा धेरै सदस्य भएको एनसिसी भएको थियो । यसै बिच एनआरएन अमेरिकाले उन्को उम्मेद्बारी गौरब महसुश गर्दै जिसीको बिजयका लागि पहल समेत गरेको छ ।

khagendra-for VP